राष्ट्रिय दैनिक / नवलपरासी , ८ बैशाख
नेपाल नेत्र ज्योति संघ पश्चिम नवलपरासी शाखाको सभापतिमा देबेन्द्रराज कण्डेल सर्वसहमत चयन हुनुभएको छ।
शुक्रबार भएको ३२ अाैँ बार्षिक साधारणसभा तथा ९ अाैँ अधिवेशनबाट कण्डेल सहित १३ जना सर्वसहमत चयन हुनुभएको हाे ।

संघकाे जिल्ला कार्य समितिकाे सदस्यहरूमा डा. संजय कुमार कर्ण , अनिल कुमार उपाध्याय ,गोपाल प्रसाद शर्मा , अमर चन्द्र अग्रवाल ,लक्ष्मी नारायण गुप्ता ,कृष्ण प्रसाद लामीछाने ,दामोदर शर्मा , राज नरेश दास , केशव शर्मा ढुङ्गाना ,सुरेन्द्र जि.सी. सर्बसहमत चयन हुनुभएको हाे । त्यस्तै महिला सदस्यमा डा. बानिरा कार्की (कडेल) र चन्दा सिंह जि.सी.चयन हुनुभएको हाे।

एक कार्यक्रमबिच साधारणसभा तथा जिल्ला अधिवेशनकाे उद्घाटन कार्यक्रम गरिएको थियाे । नेपाल नेत्र ज्याेति संघ नवलपरासीकाे सभापति मन्जु कण्डेलकाे सभापतित्व तथा सांसद बिनाेद चाैधरीकाे प्रमुख आतिथ्यतामा ३२ अाैँ बार्षिक साधारणसभा तथा ९ अाैँ अधिवेशन उद्घाटन गरिएको थियाे ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य द्वय देवकरण कलवार (सन्तु) , बैजनाथ जैसवाल , जिल्ला समन्वय समिति प्रमुख भगाैती यादव (रुदल),चाैधरी फाउन्डेसनको सचिव सारिका चाैधरी लगाएतकाे उपस्थिति रहेको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

