राजन कुमार बानियाँ
पर्सा ८ बैशाख
पर्साको धोबिनी गाउँपालिका अध्यक्ष र प्रमुख प्रसाशकिय अधिकृत व्यापक भ्रस्टाचार गरेको र एक महिना देखि गाउँपालिका नअाई बिरगंजमा कार्यालय संचालन गरि व्यापक अनियमिता गरिरहेको भन्दै कार्यपालिका सदस्य हरुले अाज गाउँपालिकामा ताला बन्दी गरेका छन।
गाउँपालिका अध्यक्ष मदन चौहानले गलत राजनितीक मनसायले एकलौटी ढंगले गाउँपालिकाको करारका १५ जना स्वास्थ्यकर्मी र गाउँपालिकाको कार्यालय सहयोग कर्मचारी हरुलाई हटाएर एक महिना देखि कार्यालय नअाएको साथै गाउँपालिकाको कार्यलय प्रमुख प्रसाशकिय अधिकृत महम्द नवाज हुनेनले १५ दिनको बिदा लिएपनी कुनै बिदाको पत्र नरहेको एक महिना देखि कार्यालय नअाउदा बिरगंजमा कार्यालय संचालन गरिरहेकोले गाउँपालिकामा अाउने सेवाग्रही हरुको कामकाज सम्यमा नहुदा सेवाग्राही हरुले रितो हाथ फर्कन बाध्य भएका छन।
गाउँपालिका अध्यक्ष चौहान ,प्रमुख प्रसाशकिय अधिकृत हुसेन र एकाउन्टेन्ट धन्नजय दास , को मिलोमतोमा बिरगंजमा बसि अौफिस संचालन गरि यो अार्थिक वर्षमा व्यापक भ्रस्टाचार गरिरहेका कारण बाध्य भएर गाउँपालिकामा ताल्चा लगाई बन्द गरिएको को वडा नं ४ का वडा अध्यक्ष अबास मियाँले जनाएका छन। गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत नवाज हुसेनले गाउँपालिका अध्यक्ष मदन चौहान ,संग मिलोमतो गरि एकलौटी तरिकाले जथाभावी चलाई रहेको ले र कार्यपालिका बोर्ड लाई अनादर गरि कुनै अवस्था गरिरहेको छैन। त्यसै कारण बाध्य भएर गाउँपालिका उपाध्यक्ष मन्जु देबी पटेलको नेतृत्वमा १० जना कार्यपालिका सदस्य हरुको सहभागितामा गाउँपालिका कार्यालयमा ताला लगाई बन्द गरिएको छ। यदि गाउँपालिका अध्यक्ष चौहान,प्रमुख प्रसाशकिय अधिकृत हुसेन र एकाउन्टेन्ट धन्नजय दासले समयमा गाउँपालिका नअाए गाउँपालिका बन्द नै रहने र सशक्त अन्दोलन अगाडि बडाउने कार्यपालिका सदस्य दिनेश कलवारले बताए ।
गाउँपालिकामा ताला बन्दी कार्यक्रममा उपाध्यक्ष मन्जु देबी पटेल,वडा नं १ का वडा अध्यक्ष बन्धु साह, ३ का वडाअध्यक्ष किसोर पटेल,४ का वडा अध्यक्ष अबास मियाँ , कार्यपालिका सदस्य दिनेश कलवार,नन्दकिसोर प्रसाद, रिना देबी,शोभावती देबी प्रमजोती कुमारी,सारधा देबी,मदन सहनी लगायतको सहभागिता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

