Rashtriya Dainik

अपांगता भएको ब्यक्तिकाे परिवारलाई आत्म निर्भर बनाउन सिलाई कटाई तालिम

राष्ट्रिय दैनिक / नवलपरासी , ८ बैशाख

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अपांगता भएको ब्यक्तिकाे परिवारलाई आत्म निर्भर बनाउन ३ महिने सिलाई कटाई तालिम सुरु भएको छ।

रामग्राम ट्रेनिङ सेन्टरकाे सहजिकरण ,युनाइटेड मिसन टु नेपालकाे सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजनामा सन्चालित अपांगता समावेशी विकास परियोजना तर्फबाट २२ परिवारलाई सिलाई कटाई तालिम बिहीबार सुरु गरिएको हो ।

रामग्राम ट्रेनिङ सेन्टरकाे सन्चालक बिन्द्रेश हरिजनकाे अध्यक्षता तथा प्रतापपुर गाउँपालिका उपाध्यक्ष मान कुमारी चाैधरीकाे प्रमुख अातिथ्यता एक कार्यक्रम बिच सिलाई कटाई तालिम उदघाटन गरिएको हाे।

तालिमको उद्घाघटन गर्दै पालिका उपाध्यक्ष चाैधरीले सिलाइ कटाइ तालिम जीवन उपयोगी हुने भएकोले तिन महिना सम्म लगनशीलताका साथ सिक्न सहभागिहरुलाई आग्रह गर्नुभयो । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै मेहनतका साथ सिप सिके जीवनमा परिवर्तन हुने बताउनुभयो । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने उपाध्यक्ष चाैधरीले बनाउनु भयो ।

सोही कार्यक्रममा बोल्दै अपांगता समावेशी विकास परियोजना संयाेजक श्यामसुन्दर ढुङ्गानाले सहभागिताहरु आफैले छानेको तालिम भएकोले सहभागिताहरु स्वंयम केही गर्न सक्षम हुन सक्ने भन्दै तालिम सम्पन्न पश्चात् आफै व्यवसाय गर्न आग्रह गर्नुभयो ।

त्यस्तै प्रतापपुर गाउँपालिका वडा नम्बर ९ वडा अध्यक्ष जय किसुन चाैधरीले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम सञ्चालन गरिने बताउँदै तालिम लिए पश्चात् महिला दिदिबहिनीहरु स्वरोजगार र आत्म निर्भर बन्ने भएकाले यसले आर्थिक उपार्जनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनु भयो ।

सिलाई कटाई तालिमको उदघाटन कार्यक्रममा प्रतापपुर गाउँपालिका वडा नम्बर ८ वडा अध्यक्ष सन्ताेष राजभर ,वडा नम्बर ६ वडा अध्यक्ष केशव अधिकारी ,सामाजिक अभियान्ता बच्चा राजभर, पुनरस्थापना संयाेजक राधा तिमिल्सिना , वडा नम्बर ९ अपांगता सन्जाल अध्यक्ष चेत बहादुर चाैधरी लगाएतकाे उपस्थिति रहेको थियोे ।

तालिममा प्रतापपुर गाउँपालिका वडा नम्बर १ देखि ९ सम्मकाे अपांगता भएको ब्यक्तिकाे परिवारकाे सहभागीता रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित