राष्ट्रिय दैनिक / नवलपरासी , ७ बैशाख
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अपांगता भएको ब्यक्ति र परिवारलाई बाख्रा र सिलाई मेसिन वितरण गरिएको छ ।
युनाइटेड मिसन टु नेपालकाे सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजनामा सन्चालित अपांगता समावेशी विकास परियोजना तर्फबाट पाच परिवारलाई सिलाई मेसिन र चार परिवारलाई उन्नत जातका बाख्रा वितरण गरिएको हो ।

अपांगता भएको ब्यक्तिकाे आर्थिकस्तर माथि उठाई जीवन स्तर सुधार तथा अायअार्जनका लागी सिलाई मेसिन र बाख्रा वितरण गरिएको अपांगता समावेशी विकास परियोजना संयाेजक श्यामसुन्दर ढुङ्गानाले जानकारी दिनुभएको हाे।

प्रतापपुर गाउँपालिका उपाध्यक्ष मान कुमारी चाैधरीले सिलाई मेसिन र बाख्रा हस्तान्तरण गर्दै विपन्न परिवारको आर्थिकस्तर माथि उठाउनका लागि बाख्रा र सिलाई मेसिन निःशुल्क वितरण गरेर सुनवल सामुदायिक बिकास केन्द्र स्रहनिय काम गरेको बताउनुभयो । अपांगता भएको ब्यक्तिकाे जीवनस्तर उकास्नका लागि आयआर्जनका कार्यक्रमहरु अगाडी बढाउनु याे हाम्रो पालिकाकाे स्थानीयकाे लागि सुनाैलाे अवसर रहेको बताउनुभयो । उहाँले यसरी आयआर्जन विकासमा सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिदै प्राप्त बस्तुको ठीक तरिकाले प्रयोग गरी आम्दानीको श्रोत वृद्धि गर्न सुझाव समेत प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा प्रतापपुर गाउँपालिका वडा नम्बर ९ वडा अध्यक्ष जय किसुन चाैधरी ,वडा नम्बर ६ वडा अध्यक्ष केशव अधिकारी ,सामाजिक अभियान्ता बच्चा राजभर , पुनरस्थापना संयाेजक राधा तिमिल्सिना , वडा नम्बर ९ अपांगता सन्जाल अध्यक्ष चेत बहादुर चाैधरी लगाएतकाे उपस्थिति रहेको थियोे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

