Rashtriya Dainik

वीरगञ्जबाट स्रोत नखुलेको साढे १९ लाख रुपैया सहित तिन जना पक्राउ

वीरगंज ७ गते बैशाख
स्रोत नखुलेको साढे १९ लाख नगदसहित ३जना पक्राउ परेका छन्।
वीरगंज महानगरपालिकाका छुट्टाछुट्टै ठाऊबाट स्रोत नखुलेको १९ लाख ५० हजार नगदसहित तिन जनालाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय श्रिपुरका प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंजको वडा नम्बर ८ स्थित सडक खणडबाट
परवानीपुर गा.पा.वडा नं.३ लिपनीमाल बस्ने वर्ष ३४ को कृष्ण प्रसाद सोनारले भिरेको कालो झोलाबाट श्रोत नखुलेको नेपाली १ लाख६० हजार र सोही ठाऊमा बस्ने वर्ष ३९ को सुनिल साह कानुले लगाएको पाइन्टको खल्तीबाट श्रोत नखुलेको नेपाली रुपैया.३लाख९० हजार गरी जम्मा नेपाली रु.५ लाख ५० हजार रुपैया सहित २ जनालाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो।
त्यसैगरि प्रहरीले वीरगंजको वडा नं.११ स्थित सडकखण्डमा प्रदेश ३-०३-००१ प १२३३ नम्बरको मोटरसाईकललाई रोकी कानूनी रीतपुर्‍याई चेकजाँच गर्दे सवारीचालक बारा जितपुर उपमहानगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ३२ को छठु महतोले लगाएको हेल्मेट भित्र लुकाई छिपाई राखिएको स्रोत नखुलेको नेपाली रुपैया १४ लाख सहित नियन्त्रणमा लिएको उपरीक्षक गिरीले बताउनुभयो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक गिरीले ३ जनालाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा आजै पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरि थप अनुसन्धान तथा कारवाही भईरहेको बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित