Rashtriya Dainik

चौधरी फाउण्डेसनद्वारा सरावलमा २० छात्राहरुलाई निशुल्क साईकल वितरण

राष्ट्रिय दैनिक / नवलपरासी , ६ बैशाख

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ मा बुधबार चौधरी फाउण्डेसनले छात्राहरुलाई निशुल्क साईकल वितरण गरेको छ ।

संघिय सांसद विनोद चौधरीको फाउण्डेसनले सरावल ६ गडौरीमा रहेको महेन्द्र जनता माध्यमिक विद्यालयमा अध्ययनरत २० जना छात्राहरुलाई साईकल प्रदान गरेको हो ।

चौधरी फाउण्डेसनका सचिव शारिका चौधरीले विद्यालयमा अध्ययनरत छात्राहरुलाई शिक्षामा सहज पहुँच पुर्याउन साईकल सहयोग गरिएको बताउदै यसले शैक्षिक प्रगति हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यालयमा रिक्त भएका कम्प्यूटर शिक्षकको पदपुर्ति गराउने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो क्रममा नेपाल महिला संघ जिल्ला अध्यक्ष कमला पराजुलीले विद्यार्थीलाई चौधरी फाउण्डेसनले साईकल हस्तान्तरण गरेर सुनौलो अवसर प्रदान गरेको बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ६ वडा अध्यक्ष छाेटेलाल गुप्ताले यस क्षेत्रमा चौधरी फाउण्डेसनले गरेको सहयोगले बालबालिकालाई हौसला प्रदान गर्ने बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित