राष्ट्रिय दैनिक / नवलपरासी , ६ बैशाख
पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिकाद्वारा दुई वटा एम्बुलेन्स हस्तान्तरण गरेकाे छ ।
पालिकाअन्तर्गत रहेकाे गुठिसुर्यपुरा स्वास्थ चाैकि र प्रतापपुर स्वास्थ्य चाैकिलाई हस्तान्तरण गरिएकाे प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनु भएको हाे ।
ग्रामीण क्षेत्रमा स्वास्थ्य सोवको पहुँच बढाउन
र जनताहरुलाई स्वास्थ्य सेवा सहज रुपमा पुर्याउनकाे लागि एम्बुलेन्स हस्तान्तरण गरिएको अध्यक्ष यादवले बताउनुभयो । यश क्षेत्रमा रहेका जनताले बिरामी र विभिन्न दुर्घटना हुदा समयमा उपचारका लागि अस्पताल सम्म सवारी साधनकाे अभावमा पुग्न नसकेर ज्यान गुमाउनु पर्ने अवस्थालाई मध्यनजर गर्दै अब कसैले पनि ज्यान गुमाउन नपर्ने अध्यक्ष यादवले विश्वास ब्यक्त गरेका छन।

त्यस्तै उपाध्यक्ष मान कुमारी चाैधरीले एम्बुलेन्सबाट ग्रामीण भेगका जनतालाई फाइदा पुग्ने बताउनुभयो । उनले भौतिक पूर्वाधार मात्रै नभई सामाजिक विकासका क्षेत्रमा पालिकाकाे ध्यान गएको बताउनुभयो । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउन एम्बुलेन्स प्रदान गरिएकोले ग्रामिण क्षेत्रका जनता लाभांवित हुने बताउनुभयाे ।

एम्बुलेन्स अाएपछि त्यस क्षेत्रमा रहेका जनताहरुमा खुसियाली छाएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

