अारपि उपाध्याय / नवलपरासी , ६ बैशाख
नेपाल विद्यार्थी संघ नवलपुरले संघको ५४ औ स्थापना दिवशको अवसरमा खाद्यान्न सामाग्री बितरण गरेको छ ।
ने.बि.संघ नवलपुरले कावासोती नगरपालिका वार्ड नम्बर ८ अन्तर्गत पर्ने मौलाकालिका अपागं सेवासंस्थाका बालबालिकाहरुलाई खाधान्न सामाग्री बितरण गरी दिवस मनाएको हो ।
नेपाल विद्यार्थी संघ नवलपुरका अध्यक्ष हरी सुवेदीको अध्यक्षतामा बिशेष व्यक्तित्व एवं नेपाली काङ्ग्रेसका उपसभापति बालकृष्ण घिमिरेले अब ने.वि.संघले सामाजिक उत्तरदायित्वलाई आत्मसात गरी अगाडी बढ्नुपर्ने बताउदै अब देशमा राजनैतिक क्रान्ति सकिएको अवस्थामा सामाजिक र शैक्षिक क्रान्तिलाई सशक्त ढंगले अगाडी बढाउनुपर्ने धारणा राख्नुभयो ।
सो अवसरमा नेपाली कांग्रेसका अर्का उपसभापति चन्द्र बहादुर राना, पुर्व माननीय ओमकला गौतम , आर.सी. भट्टराई लगायतले नेपालको विद्यार्थी आन्दोलनमा ने.वि. संघले खेलेको भुमिका माथी प्रकाश पार्नृुभएको थियो ।

२०७२ सालमा स्थापना भएको मौलाकालिका अपागं सेवा संस्थामा हाल २० बालबालिका रहेका छन् भने ति बालबालिकाहरुलाई खाधान्न हरु बितरण गरिएको ने.वि.संघले जानकारी दिएको छ । कार्यक्रममा २०२७ सालमा स्थापना भएको ने.वि संघलाई विद्यार्थी राजनिति क्षेत्रमा सशक्त ढंगबाट अगाडी बढ्नुपर्ने कार्यप्रति पनि सामुहिक प्रतिबद्धता पनि गरिएको थियो। कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला स्तरीय नेता, कार्यकर्ता र ने.वि. संघ नवलपुर जिल्ला कार्य समितिका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

