Rashtriya Dainik

गाउँमै खानेपानी पुगेपछि स्थानीय खुसी

उत्तमकुमार थापा /बझाङ

सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङकाे सुर्मा गाउँपालीका वडा नम्बर २ काे घाेगाडामा खानेपानी पुगेको छ ।

दशकाै बर्ष देखि पानीको समस्या झेल्दै आउनु भएका घाेगाडाका स्थानीयले खानेपानी पाएका छन । हिमालकाे छेउमा रहेको मुहान ठाडे देखि ल्याएको मुहानकाे पानी गाउँमा पुगेको भन्दै स्थानीयहरु खुसि मनाउदै थिए ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुरा र खानेपानी कार्यालय बझाङकाे सहयाेगमा निर्माण हुन लागेको खानेपानी ४ बर्ष पछि सफल हुँदै गाउँमा पुगेको स्थानीय बताउन्छन ।

ठाडेकाे हिमालकाे नजिकै पर्ने मुहान बाट ल्याएकाे पानी करिव १३ किलोमिटर टाढा बाट गाउँमा ल्याएकाे छ । अनुगमनकाे क्रममा घाेगाडा पुगेका खानेपानी कार्यालयका कर्मचारीलाई स्थानीयहरुले धन्यवाद दिनु भएको हाे ।

अनुगमन गर्न खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बझाङ प्रमुख भक्त बहादुर खड्का खानेपानी तथा सरसफाइ डिभिजन डडेल्धुरा र बझाङका स्टाेर सँयाेजक प्रेम बहादुर सिँह,खानेपानी साईड प्रमुख धर्मराज उपाध्याय खानेपानी कार्यालयका सव-ईन्जिनियर हिक्मत सिँह सहित पत्रकारको टाेली पुगेको थियाे ।

अनुगमनकाे क्रममा खानेपानी सफल भएको र आगामी दिनमा अझै सुधार गर्न र यसलाई दिगाे चलाउन स्थानीयले भुमिका खेल्नुपर्ने प्रेम बहादुर सिँहले बताए । खानेपानी गाउँमा पुगेको भन्दै स्थानीयले विभिन्न कार्यक्रम गर्नु भएको थियाे । खुसि हुँदै डेउडा सहित नाचगान गर्नु भएको हाे ।

अनाैपचारीक कार्यक्रम गर्दै घाेगाडा खानेपानी उपभोक्ता समिति अध्यक्ष कलक बाेहराकाे अध्यक्षतामा सुर्मा गाउँपालीका उपाध्यक्ष रमला कुमारी मण्डेल पुजारा प्रमुख अतिथि बिशिस्ट अतिथिमा वडा नम्बर २ का अध्यक्ष जीवन बाेहरा सहितकाे उपस्थिति रहेकाे थियाे । खानेपानी १२ किलोमिटर टाढा बाट निर्माण गर्दै गाउँमा पुगेको छ । करिव १५० परिवार खानेपानी पाउने भएको छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित