अारपि उपाध्याय / नवलपरासी, ४ बैशाख
ब्लुमिङ्ग बड्स बोर्डिङ्ग स्कुल विनयी त्रिवेणी ६ पुर्वी नवलपरासीको बार्षिक नतिजा प्रकाशन एवं पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
ब्लुमिङ्ग बड्स बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक सन्तोष कुमार रौनियारको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी गाउपालिका वार्ड नम्बर ६ का वार्ड अध्यक्ष नुरेन्द्र शाहले गुणस्तरीय शिक्षा बर्तमान समयको माग रहेकाले समयको माग अनुसार नै शिक्षादिन सम्पुर्ण सरोकारवाला निकाय कृयाशिल रहनु पर्ने धारणा राख्दै शिक्षाको जग बलियो भएमा राज्यले कल्पना गरेको जनशक्ति उत्पादन गर्न सकिने बिचार व्यक्त गर्नुभयो।
कार्यक्रममा जिसन नवलपरासीका सल्लाहकार एवं सामुदायिक रेडियो दाउन्नेका संचालक समितीका उपाध्यक्ष इन्द्र बहादुर गुरुङले शिक्षक, अभिभावक र बिध्यार्थी बिचको अन्तर सम्बन्ध बलियो भएमा मात्र शिक्षा क्षेत्रमा आमेल परिवर्तन गर्न सकिने जिकिर गर्नु‘भयो । सो अवसरमा विनयी त्रिवेणी ७ का वार्ड अध्यक्ष उमेश कार्की , आर.पी उपाध्याय , बिध्यार्थीहरु , नब्या रौनियार , दिपेश थापा , आकाश पाशी, अभिभावक बम बहादुर खाम्चा लगायतले शैक्षिक गतिविधि माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा शैक्षिक सत्र २०७९ मा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा प्राप्त गर्ने बिध्यार्थीहरुलाई सम्मान सहित मेडल प्रदान गरिएको थियो ।

नतिजा प्रकाशन कार्यक्रममा सर्वोत्कृष्ट, प्रथम , द्धितिय र तृतिय हुने बालबालिकाहरुलाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको कार्यक्रम सञ्चालक समेत रहनुभएका शिक्षक दिपेन्द्र भुषालले जानकारी दिनुभएको छ। २०६२ सालमा स्थापना भएको बोर्डिङ्ग स्कुलमा हाल ४०० छात्र छात्रा रहेको प्रधानाध्यापक रौनियारले बताउनुभएको छ । कार्यक्रममा अभिभावक, शिक्षक, बिध्यार्थी एवं संघ संस्था प्रतिनिधिहरुको उपस्थिती रहेको आयोजक विध्यालयले जानकारी दिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

