बिनोद निगम / नवलपरासी , ४ बैशाख
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका– ४ चन्द्रगढिमा आगलागी भएको छ । आज (सोमबार) दिउँसो करिब साढे ४ बजे स्थानीय बिकाउ सहानीको पिल्लर र भित्तामा टिनले छाएको २ कोठे घरको पछाडी राखेको खरमा आगलागी भएको हो ।
सहानीका नाती अन्दाजी ५ वर्षीय अर्जुन सहानीले खेल्ने क्रममा सलाईबाट आगो लगाएको प्रहरीले जनाएको छ । आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक अम्मर बहादुर नेपालीको कमाण्डमा ५ जनाको टोली खटि गई प्रहरी, स्थानिय र दमकलको सहयोगमा करिब १६:५५ बजेतिर आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।
उक्त आगोलागीबाट करिब २०,००० रुपैयाँ बराबरको खर जलि क्षती भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए । अन्य मानविय, चौपाया, अन्नपात तथा भौतिक क्षती भने नभएको उनले बताए । आगलागी भएको स्थान जिल्ला प्रहरी कार्यालयबाट ४ कि.मि. दक्षिणमा पर्छ । यस गर्मीयाममा हावाहुरीको समयमा धेरै आगोलागी हुँदै आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

