बिनोद निगम /नवलपरासी , ३ बैशाख
पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नम्बर १७ पठ्खाैलीमा आज साँझ ५:१५ समयमा भएकाे सवारी दुर्घटनामा एक व्यक्तिको मृत्युु भएकाे छ ।
आज साझँ अन्दाजी ५:१५ बजे साे ठाउँ स्थित भित्री सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको प्रदेश २-०३-००१ क ११३२ नं. को खाली टिप्परले साईकललाई ठक्कर दिदा साईकल यात्री जिल्ला नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर १२ कुनवार बस्ने अन्दाजी ६० वर्षका गनेश प्रसाद हरिजनकाे मृत्यु भएकाे हाे ।
गम्भीर घाईते भएका हरिजनकाे उपचारको लागी जिल्ला अस्पताल परासी ल्याएकोमा साझँ ५:५५ बजे डाक्टरले मृत्यु घोषणा गरेकाे हाे । सूचना प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षक गोकर्ण चौहानको कमाण्डमा ३ जना, प्रहरी चौकीबासाबाट प्रहरी नायव निरीक्षक यादव न्यौपानेको कमाण्डमा ३ जना र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी निरीक्षक हरि भट्टराईको कमाण्डमा ट्राफिक सहित १७ जना टोली घटना स्थल पुगेकाे थियाे ।
अहिले टिप्पर र टिप्पर चालक फरार रहेकाे र प्रतापपुर ९ बस्ने वर्ष ३१ को मनोज कुमार थारुलाई प्रहरीले नियन्त्रणमा लिएकाे प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

सोहि घटनालाई लिएर अन्दाजी १०० भन्द बढीको संख्यामा स्थानियबासी भेला भई गाडीमा ढुङ्गा प्रहार गरी सामान्य क्षेती भएको छ । भने अहिले स्थानियहरुलाई सम्झाई- बुझाई गरी अवस्था सामान्य रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको समेत डिएसपी पाण्डेले बताउनुभयाे ।
नवलपरासीमा ट्रिपरको अातंक बढ्दै गरिरहेको छ

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

