Rashtriya Dainik

बृद्धाश्रम सहयोग समितीद्धारा १ लाख सहयोग

राष्ट्रिय दैनिक /सुर्खेत , ३ बैशाख

बृद्धाश्रम सहयोग समितीले कणार्ली प्रदेशको सुर्खेतमा रहेको प्रशान्ती बृद्धाश्रममा एक लाख अक्षयकोष स्थापना गरी सहयोग गरेको छ ।
ज्येष्ठ नागरीक हरुमा रहेको ज्ञान सिप क्षमता युवा पुस्तामा पु¥याउने उदेस्यले शुरु भएको बृद्धाश्रम सहयोग समिती र प्रशान्ती बृद्धाश्रम विच सहयोगको वातावरण वनी दुवै समिती विच समन्वय भएको छ ।

ज्येष्ठ नागरीक महासंघका केन्द्रिय सदस्य समेत रहेका प्रशान्ती बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले यो बृद्धाश्रमलाइ अव प्रदेशकै अग्रणी संस्थाको रुपमा विकाश गरीने सोच रहेको हुँदा सहयोगी हात हरुको आवस्यकता रहेको कुरा बताउनुभएको छ । हरेक महिना कुनै न कुनै आश्रममा सहयोग गर्ने निती रहेको बृद्धाश्रम सहयोग समितीले यो महिना कणार्लीको प्रशान्ती बृद्धाश्रममा एक लाख अक्षयकोष स्थापना गरेको हो ।

५० जनाको क्षमता रहेको बृद्धाश्रममा हाल पानीको फिल्टर र सोलार आवस्यक रहेको जानकारी गराउदै सहयोग गर्न इच्छुकले ९८५८०६५८८८ मा सम्पर्क गर्न सक्ने जानकारी गराउनुभयो ।
बृद्धाश्रम सहयोग समिती अध्यक्ष सम्झना पौडेलले हरेक प्रदेशका आश्रममा हरुमा कम्तीमा पनी एक एक लाखको अक्षयकोष स्थापना गर्ने उदेस्य अनुरुप यस आश्रममा सहयोग गरेको बताउनुभयो । वडा अध्यक्ष र पालिकाले दिएको सहयोग वाट रकम जुटीरहेको उहाँले वताउनुभयो ।

आगामी दिनमा समेत यस आश्रमको उन्नति प्रगतिमा निरन्तर सहयोग गरिरहने अध्यक्ष पौडेलले बताउनुभयो ।

कर्णालीकै उत्कृष्ट आश्रम बनाउन आफुहरु लागिपरेको र साथ् सहयोग गरिदिनुहुन सबैमा अध्यक्षकाे अनुरोध रह्यो ।

सहयोग कार्यक्रमको अध्यक्षता बालकृष्ण श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथि सम्झना पौडेल रहनुभएको थियो घर घरबाट ज्येस्ठ नागरिक सडकमा र सडकबाट वृद्धाश्रम आउने बातावरण अन्त्य गर्न हरेक वडामा समिति बनाउने र ज्येस्ठ नागरिकलाई घरमै राख्ने बातावरणमा बिशेस लागिपर्ने अध्यक्ष सम्झनाले बताउनुभयो ।

ज्येष्ठ नागरीकको क्षेत्रमा सहयोग गर्न चाहनेले ९८५१३४१११४ मा सम्पर्क गर्न समेत उहाले जानकारी गराउनुभयो । हरेकले महिनामा १० रुपैयामात्र भएपनी ज्येष्ठ नागरीकको क्षेत्रमा सहयोग गर्न उहाले अनुरोध गर्नुभयो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित