राष्ट्रिय दैनिक / नवलपरासी, ३ वैशाख ।
पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर ५ मा मोटरसाइकल दुर्घटना भएको छ ।
आइतबार दिउँसो साढे १ बजे सरावल ५ धनगडवास्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना भएको हो।

पश्चिमबाट पूर्वतर्फ आउदै गरेको डीएल १५ एजी ०२६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक भारत उत्तर प्रदेश महाराजगंजस्थित तुर्किया बस्ने अन्दाजी २९ वर्षीय ज्ञानेश्वर तिवारी गम्भीर घाइते भएको छन ।
टाउकोमा चोट लागेर बोल्न नसक्ने अवस्थामा रहेका तिवारीलाई उपचारको लागी पृथ्वीचन्द्र अस्पताल परासी हुदै उपचारका लागि मेडिकल कलेज भैरहवा पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनुभयो ।
अहिले घटनास्थलमा प्र.ना.नि. गोकर्ण चौहानको कमाण्डमा ३ जनाको टोली खटिगएको छ ।
मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको डीएसपी पाण्डेले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

