Rashtriya Dainik

नवलपरासीको सुनवलमा अागलगी हुदा साट्ठी हजारकाे क्षति

राष्ट्रिय दैनिक / नवलपरासी, ३ वैशाख

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ७ बेतलौरीमा परालको टौवामा आगलागी भएको छ ।

आइतबार करिब साढे ९ बजेको समयमा स्थानीय रुद्रलाल सुवेदीको घर नजिकै रहेको परालको टौवामा अचानक आगलागी भएको हो ।

आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी चाैकी बैरागनाथबाट प्र.ना.नि. रुम बहादुर के.सी.को कमाण्डमा ३ जनाको टोली खटिगई स्थानीय, दमकल र प्रहरीको सहयोगमा साढे १० बजे आगलागी पुर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय तथा पशु चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिनुभयो ।

परालको अन्दाजी मुल्य रु. ६० हजार रहेको अनुमान गरिएको छ ।

नजिकै खेतको झारपातमा लगाएको आगो सल्केर फैलिन गई उक्त घटना भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित