Rashtriya Dainik

बझाङ जिल्लामा पनि समयमै आइपुग्याे पाठ्यपुस्तक 

दोरेन्द्र खड्का / बझाङ ,३ चैत

बझाङ जिल्लामा पनि यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुगेका छन् । 

विगतका वर्षमा शैक्षिक सत्र सुरु हुँदा पनि किताब  नपुग्ने बझाङमा यो वर्ष समयमै किताब आएकाले विद्यार्थीहरू पनि निकै खुशी देखिएका छन्। 

सामुदायिक विद्यालयका विद्यार्थी सङ्ख्याका आधारमा शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरेर शिक्षा मन्त्रालयको  निर्णय बमोजिम नै किताब आउने क्रम जारी रहेको जिल्ला शिक्षा तथा समन्वय इकाइ बझाङ का प्रमुख सुरेन्द्र कठायतले जानकारी दिनुभयो। 

जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमै किताब छापेकाले चाँडै ल्याउन सकिएको स्टेशनरी सञ्चालक हर्क बहादुर बम बताउन्छन। 

पहिलो चरणमा जिल्लाका साईपाल , तलकाेट, सुर्मा मस्टा गाउँपालिका र जयपृथिवी नगरपालिकाका सामुदायिक विद्यालयका लागि आवश्यक पाठ्यपुस्तक सदरमुकाम चैनपुरमा  आइपुगेको सगुन स्टेशनरीका सञ्चालक हर्क बहादुर बम्मले बताउनुभयो ।

सामुदायिक विद्यालयका कक्षा ६ देखि १० सम्मका आवश्यक  किताब जिल्लामा  पुगिसके भने  बाँकी १ देखि ५ ढुवानीकै क्रममा छन् बम्म ले भन्नुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित