उत्तमकुमार थापा
बैतडीको झुलाघाट बाट बझाङ तर्फ गइरहेको जिप दुर्घटनामा ज्यान गुमाउनेलाई बुंगलका म्याक्स क्षेत्रीले आर्थिक सहयोग गर्नुभएको छ ।
२०७९ साल चैत्र २८ गते दुर्घटना भएको सो जिपमा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
क्रीया खर्च तथा अन्य खर्चको व्यवस्थापन होस् भन्ने हेतुले क्षेत्रीले शनिबार २०,००० (बीस हजार) आर्थिक सहयोग गर्नुभएको हो ।
नेपालको राजधानी काठमाडौमा रहेर व्यापार गर्दै आइरहनुभएका म्याक्स क्षेत्रीले आफू भौतिक रुपमा उपस्थित हुन नसकेपछी कामना टेलिभिजन मार्फत सहयोग गर्नुभएको थियो ।
क्षेत्री विभिन्न सामाजिक कार्यमा मात्र अग्रसर नभई युवा व्यवसायी पनि हुन् । पछिल्लो समय विभिन्न ठाउँमा क्षेत्रीले सहयोग गर्दै आउनु भएको छ ।
“बैतडी बझाङ जिप दुर्घटनामा बझाङको केदारस्यूँ ५ बाझका ६ जनाको घटनास्थल मै मृत्यु भयो । म उहाँहरुलाइ त केही गरेपनी फर्काउन सक्दैन, तर आर्थिक सहयोग गरेर घाउमा थोरै भएपनी मलम लगाउन मन लाग्यो” म्याक्स क्षेत्रीले हामी संग भन्नू भयो ।

उहाँले मृतक परिवार प्रती धैर्यधारण गर्ने शक्ति प्रदान होस् भन्ने कामना समेत गर्नुभएको थियो ।
काठमाडौ कर्मथलो बनाउनु भएका बझाङ बुंगल नगरपालिकाका म्याक्स क्षेत्रीले यस अघि पनि विभिन्न ठाउँमा थुप्रै सहयोग गर्दै आइरहनु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

