Rashtriya Dainik

बर्दघाट टिसीएन चौक देखि पिकअप सहित बोईलर कुखुरा नियन्त्रणमा

बिनोद निगम /नवलपरासी ,२ बैशाख

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ टिसिएन चाेकबाट पिकअप सहित करिब २ लाख भन्दा बढि मुल्य बराबरको बाेईलर कुखुरा नियन्त्रणमा लिईएकाे छ ।

बिहान अन्दाजी ७:१० बजे उक्त चोक स्थित पुर्व-पश्चिम राजमार्गमा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरिक्षक विरेन्द्र के.सीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा दक्षिणबाट पुर्वतर्फ आउदै गरेको ना ४ च ५१०५ नं. को पिकअप सहित अबैध जिउदो बोईलर कुखुरा नियन्त्रणमा लिएकाे हाे ।

नियन्त्रणमा लिईएकाे पिकअपमा अन्दाजी कुखुरा ६०० वटा जिउदाे बाेइलर कुखुरा,११०० के.जी ,जसकाे अन्दाजी मुल्य रु. २ लाख ४२ हजार बराबरको रहेकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

यतिबेला पिकअप र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी पशु क्वरेन्टाईन महेशपुर पठाईएको डिएसपी पाण्डेले बताउनुभयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित