Rashtriya Dainik

नियमित पानी खसाल्ने सँगै भोलिबाट बाटो बनाउँने सर्तमा खोलियो महेशपुर परासी सडक

रंजीत शर्मा/ नवलपरासी , २ बैशाख।

महेशपुर परासी सडक खण्ड अन्तर्गत पर्ने पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ हरपुरमा रहेको बाटो अवरु्ध आजदेखि नियमित ३ पटक पानी खसाल्ने सँगै भोलिबाट बाटो बनाउँने सर्तमा बाटोको अवरोध हटाइएको छ।

धूलोले गर्दा सास्ती भएको भन्दै स्थानीय गाँउ बासीहरुले आज बिहान ७ बजे देखि बाटो बन्द गरेका थिए। ३० मिनेट पछि ठेकदारले बाटोमा पानी खसाल्ने बाचा गरेर पछि ईलाका प्रहरी कार्यालय महेशपुरको आग्रहमा केही समय बाटो खोले पनि ठेकदारले २ घण्टा सम्म पनि पानी खसाल्ने काम न सुरु गरे पछि पुनः बाटो केही समयको लागि बन्द गरिएको थियो।

स्थानीय बासी मुकेश गुप्ताको अनुसार धूलोले घर बस्न समेत न सक्ने अवस्था सिर्जना भएको र ठेकदारले १५ दिन देखि सडक भत्काएर मात्र छोडेकोले ध्यानाकर्ण गराउन बाटो अवरोध गर्नु बताए। पटक पटक गाउँपालिका र ठेकदारलाई अनुराेध गर्दा सुनवाई न भए पछि अन्तिममा बाटो अवरोध गर्नु पर्ने अवस्थाको सिर्जना हो ।

केही समय पछि पानी खसाल्ने काम सुरु भएको र भोलि देखि बाटो निर्माण हुने प्रतिवद्धता अनुसार बाटो अवरोध हटाइएको यदि फेरि हेलकीचराई गरे पुनः यो भन्दा कडा रुपमाले सडकमा उत्रिने स्थानियले चेतावनी समेत दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित