आर पि उपाध्याय /नवलपरासी , १ बैशाख
ब्रम्ह कुमारी इश्वरीय विश्वविद्यालय शाखा कार्यालय विनयी त्रिवेणी ६ को आयोजनामा नव वर्ष २०८० को उपलक्ष्यमा शुभकामना आदनप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
शुभकामना आदनप्रदान कार्यक्रममा शाखा कार्यालय त्रिवेणीकी सञ्चालिका जानकी दिदीले सबैलाई स्वागत गर्दै नव वर्षले दु:ख,अशान्ती र पिडालाइ अन्त्य गर्दै अलौकिक शक्तिलाई मनन गर्ने वर्षको रुपमा मनाउन सबैमा अपिल गर्नुभयो।
सो अवसरमा वडा न.६ का अध्यक्ष नुरेन्द्र शाह,महिला समाजसेवी भक्ती अधिकारी, सञ्चारकर्मी आर पि उपाध्याय लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
त्रिवेणी धाम अन्तर्गत रहेको इश्वरीय विश्वविद्यालय त्रिवेणीले यसपुर्व पनि महाशिव रात्री, कृष्ण अष्टमी,तीज, विजयादशमी लगायत धार्मिक र सामाजिक चाडपर्वमा शुभकामना आदनप्रदान, झाकी, धार्मिक जागरण कार्यक्रम गर्दै आइरहेको शाखा कार्यालयले जानकारी दिएको छ।

कार्यक्रममा विनयी त्रिवेणी अन्तर्गत ६ र ७ का संघसंस्थाका प्रतिनिधि, नागरिक समाज र अन्य सर्वसाधारण श्रद्धालुहरुको उपस्थिति रहेको थियो।
नव वर्षकै अवसरमा त्रिवेणी स्थित गजेन्द्र मोक्ष धाम, शिवालय घाट,नागाबाबा कुटी, केउलानी मन्दिर लगायत घार्मिक शक्ति पिठहरुमा हजारौको संख्यामा श्रद्धालु भक्तजनहरुले अवलोकन तथा पुजापाठ गरेको स्थानिय समाजसेवी अचल कुमार जोसीले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

