वीरगंज १ बैशाख।
समाजसेवी सम्मी कुमारी अग्रवाल सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा आज राष्ट्रपतिबाट विभूषित भएकी छिन् । पर्साको बिरगंज स्थित अनिल रुङ्गाटा क्मपलेक्समा सञ्चालनमा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष तथा समाजसेवी सम्मी कुमारी अग्रवाल सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा विभूषित भएकी छिन् । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले समाजसेवी अग्रवाल सहित ९९८ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित भएका छन् ।
२०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिले उक्त घोषणा गरेको थियो ।
सोही अनुसार आज २०८० को बैशाख एक गते का दिन सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा आज राष्ट्रपतिबाट विभूषित दिएको छ । यस्तै नेपाल रत्न दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई दिएको छ । यस्तै, राष्ट्र गौरवबाट दिवंगत राजनीतिज्ञ जीवराज न्यौपाने ‘आश्रित, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी विभूषित भएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

