तुलसी राम पौडेल /बुटवल ,पौष १२ रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित शुद्दोधन गाउपालिका आठौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रबेश गरेको छ । आईतबारको खेलमा सुनौलो संगमले लिस्नु युवा क्लबका बिरुद्ध ३ गोल गर्न सफल भएको थियो। आईतबारको खेलमा सुनौलो संगम युवा क्लबका जर्सि नं ४ का जीवन राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार ५ सय प्राप्त गरेका थिए।प्रतियोगिता अन्तरगत १३ गते सोमबारको खेल नवयुवा खेलकुद तथा साँस्कृतिक क्लब ठुटीपिपल बिरुद्ध पाल्पा ११ पाल्पा बिचहुने खेल संयोजक टेकु भण्डारीलेजानकारी दिए । फर्साटिकर युवा क्लब, शुद्धोदन–४, फर्साटिकर रुपन्देहीको आयोजनामा शुरु प्रतियोगितामा प्रदेश ४ र ५ का १६ टोलीहरुको सहभागिता रहेको खेल पौष २५ गते समापन हुनेछ ।शुद्धोधन गाउँपालिका रुपन्देहीको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले जानकारी दिए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।