अारपि उपाध्याय / नवलपरासी , ३० चैत
पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिकाको दाउन्ने डाडामा अवैध रुपमा ल्याउदै गरेको चिनी र रसायनिक मललाई प्रहरीले बरामद गरेको छ।
पुर्व पश्चिम राजमार्गको विनयी त्रिवेणी गाउँपालिका २ स्थित दाउन्ने चेक पोइन्टले चेकजाँच गर्दा अवैध रुपमा ल्याइएको सामाग्री समेतको मिनि ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सुचना अधिकारी डिएसपी सन्तोष पाठकले जानकारी दिनुभएको छ।
बरामद भएको सामाग्रीहरुमा चिउराको भुस ७८ बोरा,चामल १५ बोरा, चिनी २३ बोरा,युरिया मल २१ बोरा र बरामद गरेको सामाग्रीको कुल मूल्य १५ लाख रहेको प्रहरीले बताएको छ।
लु२ख१५९४ नम्बरको मिनी ट्रकमा लोड गरि ल्याइएको अवैध सामाग्री पुर्वी नवलपरासीको त्रिवेणी ७ मा रहेको त्रिवेणी भन्सारलाइ बुझाइएको छ।
अवैध सामाग्री सहित ट्रक र ट्रक चालक सुनिल चौधरीलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय त्रिवेणीमा राखिएको छ।
प्रहरीद्वारा बरामद गरेको अवैध सामाग्री सहितको ट्रकलाई थप कानुनी प्रक्रिया पूरा गरि निलाम गरिने त्रिवेणी भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख चण्डिका राज गेलालले जानकारी दिनुभएको छ।
पश्चिम नवलपरासीको विभिन्न सुरक्षा पोष्ट पार गर्दै दाउन्ने डाडासम्म पुर्याइएको अवैध सामाग्री सहितको ट्रकलाई दाउन्ने प्रहरीले नियन्त्रणमा लिनुलाई अन्य सुरक्षा निकायलाई थप चुनौती भएको बुझिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

