नवलपरासी , ३० चैत
टिप्परको ठक्करबाट बिहीबार बिहान पश्चिम नवलपरासीको सरावल १ स्थित तिलकपुरमा एक जनाको ज्यान गएको छ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु १ ख ४१२५ नम्बरको टिप्परले सोही दिशाबाट आउँदै गरेको लु ७७ प ७८९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुनवल १३ बडेरा बस्ने ३२ वर्षका चिरञ्जीवी काफ्लेको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।
टाउको र शरीरका विभिन्न ठाउँमा गम्भीर चोट लागेका काफ्लेको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेय ले जानकारी दिनुभयो ।
ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

