राजन कुमार बानिया / पर्सा, ३० चैत
उपाध्यक्ष कन्यादान बिबाह रकम अनुदान बितरण समहारोह कार्यक्रम अाज पर्साको पकहा मैनपुर गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।
पकहामैनपुर गाउँपालिकाले अायोजना गरेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सर्फुनेशा खातुनले उपाध्यक्ष कन्यादान बिबाह रकम एक जनालाई ४५ हजार दिने अाफ्नो योजनामा राखेर बितरण गरिएको छ।
कन्यादा बिबाह रकम बितरण कार्यक्रम उपाध्यक्ष सर्फुनेशा खातुनको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि सुरेश मेहताको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा पकहामैनपुर गाउँपालिकाको वडा १ देखि ५ सम्म का युवतीहरु बीस वर्ष पुगि बिबाह हुन लागेकोलाई २६ जनालाई उपाध्यक्ष कन्यादान बिबाह अनुदान रकम बितरण गरिएको छ।
यो कन्यदान बिबाह अनुदानबाट बाल बिबाह रोकथाममा सहयोग पुगने गाउँपालसका उपाध्यक्ष सर्फुनेशा खातुन को जोडरहेको छ। गाउँ घरमा सानै उमेरमा बिबाह गर्दा बालिकाहरुलाई बिभिन किसमका हुने समस्यालाई मध्यनजर गरि बालबिबाह रोकन यो योजना ल्याएको उपाध्यक्ष सर्फुनेशा ले बताईन। बिकास भनेको भौतिक बिकास सडक र भवन बनाउने मात्र होईन ,महिला बालबिकास, युवाहरुको बिकास जरुरी रहेको छ।
अाउने दिनमा बालबिबाह रोकन बीस वर्ष पुगि बिबाह हुने कन्यादान हरु लाई एक लाख कन्यदान बिबाह अनुदान रकम दिने घोषण गर्नु भएको हो।

प्रमुख अतिथी रहनु भएका गापा अध्यक्ष मेहताले भने यो कदम सराहनिय रहेकोले अाउने दिनमा विशेष सहयोग गरिने बताए ।कार्यक्रममा गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत राज कुशवाहाले भने गाउँपालिकाबाट बैचल पढने छात्राहरुलाई शिक्षाको लागि समेत सहयोग गर्नु पर्नेमा जोड दिनु भयो। कार्यक्रममा बिशिस्ट अतिथी पुर्व गाबिस अध्यक्ष नसरुलाह मियाँ , वडा अध्यक्ष बलिराम प्रसाद चौरसिया, नेपाली काँग्रेस का नेता लक्ष्मण प्रसाद कुर्मी ,हरी चौहान, राकेस कुशवाहा,कार्यालिका सदस्य रामबहादुर सोनार ,नेकमहम्द मियाँ , रमावती देबी,अनिल साह तेली , दिलीप शर्मा ,लगायत जनप्रतिनिधि र कर्मचारीहरुको सहभागीता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

