Rashtriya Dainik

नवलपरासीमा माेटरसाईकलकाे ठक्करबाट बालिकाकाे मुत्यु

नवलपरासी , २९ चैत

पश्चिम नवलपरासीमा माेटरसाईकलकाे ठक्करबाट एक जना बालिकाकाे मुत्यु भएकाे छ । जिल्लाकाेरामग्राम नगरपालिका वडा न १० लक्ष्मीपुरमा मोटरसाईकलको ठक्करले एक जना बालिकाको मृत्यु भएकाे हाे ।

जिल्लाका रामग्राम १० बस्ने लक्ष्मीपुरका राजेश चौधरीको छोरी ९ वर्षिय पिंकी चाैधरीकाे माेटरसाईकलकाे ठक्करबाट मुत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक भोजराज पाण्डेले जानकारी दिए ।बुधबार (आज) साँझ ५ः३० बजेको समयमा युपी ५६ ए, यु ३६८९ नम्बरको भारतिय मोटरसाईकलले लक्ष्मीपुरका राजेश चौधरीको छोरी ९ वर्षि बालिका चाैधरीलाई ठक्कर दिएकाे थियो । माेटरसाईकले ठक्करबाट दिदाँ उनकाे हात ,खुट्टा, टाउकाे, अनुहारमा चाेट लागि गम्भीर घाईते भएकी बालिकाको पृथ्वी चन्द्र अस्पतालमा उपचारकाे क्रममा मुत्यु भएकाे प्रहरी नायब उपरिक्षक पाण्डेले बताए ।

चालक पाल्हिनन्दन गाउँपालिका ६ बस्ने वर्ष २६ का उमेश कुमार सहानीलाई नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक पाण्डेले बताए । शव अस्पतालमै रहेको छ भने घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित