Rashtriya Dainik

रामग्राम र सुनवल जोड्ने पुल निर्माण अलपत्र छाडेर ठेकेदार सम्पर्क विहीन

नवलपरासी , २८ चैत

पश्चिम नवलपरासीमा दुई पालिका जोड्ने गरी निर्माण हुँदै गरेको पुलको काम नसकिँदै ठेकेदार फरार भएका छन् ।

जिल्लाको रामग्राम नगरपालिका र सुनवल नगरपालिका जोड्ने गरी निर्माणाधिन बक्स कल्भर्ट पुल निर्माण गरिसक्नुपर्ने म्याद सकिँदा पनि निर्माण सकिएको छैन् ।

निर्माणको जिम्मा पाएको ठेकेदार पुल अलपत्र पारेर भागेपछि स्थानीयवासीले सास्ती खेप्नुपरेको छ ।

रामग्राम नगरपालिका वडा न ६ पोखारापाली र सुनवल नगरपालिका वडा न ९ काशीपुर जोड्ने गरी रामखण्डा खोलामा पुल निर्माण थालिएको थियो । तर आधा काम पूरा नहुँदै ठेकेदार भागेपछि पुल निर्माण अलपत्र परेको स्थानीयवासीले गुनासो गरेका छन् ।

वर्षोदेखि पुलको अभावमा सास्ती खप्न बाध्य स्थाननियवासी पुल निर्माण शुरु भएपछि हर्षित भएका थिए । तर तोकिएको समयमा पुल निर्माण हुन सकेन भने अधुरै छाडेर ठेकदार भागेपछि स्थानीय आक्रोसित भएका छन् ।

पुल बने एक किलोमिरमै पुग्न सकिने उक्त बाटोमा अहिले स्थानीयवासी चार किलोमिटर लामो बाटो पार गरेर गनतव्यमा पुग्नुपरेको सुनवल ९ का सुदाम चौधरीले गुनासो गर्नुभयो

ठेकेदारले रामखण्डा खोलामा पुलको लागि खाल्डो खनेर छोडेकोले स्थानीयको खेत कटान हुँदै गएको छ ।

ठेकेदारले पुल निमार्ण काम अलपत्र छोडेरर पारेर सम्पर्क बिहीन हुदाँ पनि सम्बन्धित निकाय मौन बसेको भन्दै स्थानीय आक्रोसित छन् ।

पुल निर्माण नहुँदा दैनिक आवातजावतमा निकै कठिनाई भोग्नुपरेको सुनवल ९ कै भुनेश्वर थारुले बताउनुभयो । पुल निर्माणमा ठेकेदारले चरम लापरवाही गरेको स्थानीयको गुनासो छ । यसविषयमा पटकपटक दुवै पालिकामा गएर ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको थारुको भनाई छ ।

उक्त पुल निर्माणको लागि रामग्राम नगरपालिकाले रु १ करोड २३ लाखमा ठेक्का आह्वान गरेकोमा निर्माण कम्पनी खड्का ईगेस जेभी भक्तपुरले रु ६७ लाख ४० हजारमा ठेक्का सकार गरेको थियो ।

निर्माण स्थलमा योजनाको विस्तृत विवरणसहितको होर्डिङ बोर्ड समेत राखिएको छैन् । २०७८ असारभित्र सम्पन्न हुनुपर्ने उक्त पुल अलपत्र परेपछि स्थानीय चिन्तित छन् ।

रामग्राम नगरपालिकाका ईन्जिनियर सतिस कुमार गुप्ताले पुलको काम करिब पचास प्रतिशत मात्रै सम्पन्न भएको बताउनुभयो । नगर प्रमुख धनपत यादवले ठेकेदार कम्पनीले केही दिनमै काम शुचारु नगरे कारवाही प्रक्रिया अघि बढाउने बताउनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित