नवलपरासी – नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति नवलपरासी पश्चिममा जिम्मेवारी हेरफेर गरिएको छ ।
सो पार्टीको शुक्रवार भएको जिल्ला भेला पछिको दोस्रो पुर्ण बैठकले जिम्मेवारी हेरफेर गरेको हो ।
जस अनुसार ६ सदस्सीय जिल्ला सचिवालय र ५ सदस्सीय जिल्ला सल्लाहकार समिति समेत गठन गरिएको जिल्ला सेक्रेटरी समरले जानकारी दिनुभयो ।
क्रान्तिकारी माओवादीले समर,बिबेक,क्रान्ति,न्युक्लियस, बसन्त र अनिल रहेको ६ सदस्सीय जिल्ला सचिवालय गठन गरेको हो ।
बैठकले जनबर्गीय मोर्चा संगठनका फ्याक्सन ईञ्चार्ज र पालिका ईञ्चार्जहरु समेत तोकेको छ ।
जस अनुसार जनबर्गीय मोर्चा संगठनमा न्युक्लियस र क्रान्तिकारी संयुक्त मोर्चामा बिबेकलाई जिम्मेवारी दिइएको छ भने बर्दघाट नगरपालिकामा क्रान्ति, सुनवलमा बसन्त र प्रतापपुर र सुस्ता ईञ्चार्जमा अनिल रहनुभएको छ ।
रामग्राम नगरपालिका, सरावल र पाल्हीनन्दन गाउँपालिका भने जिल्ला कार्यालयबाट समन्वय गर्ने माओवादी निर्णय छ ।
बैठकले नेकपा(बहुमत) संग भएको पार्टी एकता घोषणालाई स्वागत गर्दै क्रान्तिकारी धुब्रीकरणलाई तीब्र बनाउनुपर्ने जोड दिएको जिल्ला ईञ्चार्ज संकल्पले जानकारी गराउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

