नवलपरासी , २५ चैत
बर्दघाटको त्रिवेणी चोकमा बसको ठक्करबाट आज बिहान एक जनाको ज्यान गएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु १ ख ६७२९ नम्बरको माइक्रो बसले साइकल यात्रीलाई ठक्कर दिँदा बर्दघाट ५ बन्डाखोला बस्ने ५० वर्षका सोमनाथ चौधरीको मृत्यु भएको ईलाका प्रहरी बर्दघाटले जनाएको छ।
टाउकोमा गम्भीर चोट लागेका चौधरीलाई जिल्ला अस्पताल परासी पुर्याईएकोमा चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक बिरेन्द्र केसीले जानकारी दिनुभयो।ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

