रुपन्देही ,२४ चैत
रुपन्देहीको सियारी गाउँपालिका ७ मा ६ दिने आधारभूत उदघोषण तालिम सम्पन्न भएको छ।
जेनेरेशन मल्टिमिडियाकाे आयोजनामा सियारी गाउँपालिका ७ काे वडा कार्यालयको सहयोगमा ६ दिने आधारभूत उदघोषण तालिम सम्पन्न भएको हाे।
एक समारोहबीच शुक्रबार सियारी गाउँपालिका ७ का वडा सदस्य दिपलाल केवटकाे अध्यक्षता तथा सशस्त्र प्रहरी बल अमुवाका प्रमुख कञ्चन थापाको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि थापाले यश तालिममा लिएका सिपलाई व्यवहारमा ल्याउनु पर्नेमा जोड दिदै तालिम लिइसकेपछि धेरैजसो बिर्सिने संस्कार रहेको गुनासो गर्दै उनले भने ‘तालिममा सिक्नु ठूलो कुरा होइन, सिकेको सीपलाई व्यवहारमा लागू गर्नु ठूलो कुरा रहेको बताउनुभयो।

तालिममा युवायुवतीहरुको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको तालिममा वडा भरिका ३१ जना युवायुवतीहरुको सहभागिता रहेको थियो।भने प्रशिक्षार्थी माया खत्री,सृष्टि महत,सुनिता सुनार,सुन्दरदिप केवट,सुनिता आचार्य,प्रदिप भुसाल लगायतले सो अवसरमा सहभागि बालबालिकाहरुले
तालिमबाट आफुहरुले धेरै कुराहरु सिक्ने अवसर मिलेको भन्दै ब्यवहारमा उतार्न प्रयास गर्ने प्रतिबद्धता समेत गरेका थिए।
उक्त तालिमको प्रशिक्षण जेनेरेशन मल्टिमिडियाका संचालक रवि राना,राजन चौधरी र सुरज थापामगरले गर्नुभएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

