वीरगंज २४ चैत ।
पर्सागढी नगरपालिका वडा नं २ को आयोजनामा भुमिहिन दलित भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबास गरेकाहरुको निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा अध्यक्ष बिरेन्द्र प्रसाद महतो थारुको अध्यक्षतामा भएको निस्सा बितरण कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय भुमिहिन पर्साका अध्यक्ष ताबरेज अहमद संयोगबस आजैको दिन म पर्सा जिल्लाको राष्ट्रिय भुमिहिनको अध्यक्ष भएको चचौ गर्दै पर्सागढीको पावन भुमिबाट निस्सा बितरण कार्यक्रम भइरहेकोमा खुसी व्यक्त गरे ।
यस वडामा ७६ जना भुमिहिन सुकुम्बासी, ४१ जना र अब्यवस्थित बसोबास १८३ जना रहेका छन् । कार्यक्रममा बिशिष्ट अतिथि पर्सागढी नगरपालिकाकी उप प्रमुख पुजा चौधरी, जिल्ला भुमिहिन सदस्य शुरेन्द्र सिंह, हेमा कुमारी भट्टराई लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा पर्सागढी नगरपालिका भुमिहिन सुकुम्बासी इकाई प्रमुख मनोज राउत चौधरीले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । अनपुर्ण दुध उधोग बढनिहारका अध्यक्ष जगरनाथ तिवारीले स्वागत मन्तव्य गरेको कार्यक्रमको सहजीकरण पर्सागढी नगरपालिकाका कर्मचारी शम्भु पंडितले गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

