नवलपरासी – नवलपरासी पश्चिममा तीनवटा कम्युनिष्ट पार्टीले संयुक्त रुपमा जनआन्दोलन दिवस मनाएका छन् ।
नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(बहुमत) र नेकपा(मशाल)ले बर्दघाटमा संयुक्त रुपमा जनआन्दोलन दिवस मनाएका भएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज संकल्पले क्रान्तिकारीहरुको एकताको लागि आजको दिन महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले क्रान्तिकारी माओवादी र नेकपा(बहुमत) बीचको एकताले क्रान्तिकारीहरु बीच नयाँ आशा संचार भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा( बहुमत) महाधिवेशन आयोजक समिति सदस्य एवं जिल्ला ईञ्चार्ज शितलले क्रान्तिकारी एकताबाट देशमा नयाँ धुब्रीकरण शुरु भइसकेको औल्याउनुभयो ।
कार्यक्रममा नेकपा( मशाल) का जिल्ला सेक्रेटरी मिलन; जिल्ला सदस्य बिस्फोटलगायतले बोल्नुभएको थियो । कार्यक्रम नेकपा (बहुमत)का जिल्ला संयोजक दिपको अध्यक्षता क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी समरको संचालनमा भएको थियो । तीनवटै पार्टीले पार्टी एकता संयोजन समिति गठन गरेर बैचारिक बहस गर्दै आएका थिए ।

बैचारिक बहसबीच नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा(बहुमत) बीच शुक्रबार पार्टी एकता घोषणा सम्बन्धि पत्रकार भेटघाट कार्यक्रम काठमाडौमा गरिएको थियो ।
कार्यक्रममा स्वबियुमा निर्वाचित हुनुभएका बिद्यार्थी नेता सन्देश सापकोटालाई बधाई तथा सम्मान गरिएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

