Rashtriya Dainik

हनुमान जन्तिको उत्सवको अवसरमा नवलपरासीमा भब्य र्यालि

बिनोद निगम /नवलपरासी, २३ चैत

पश्चिम नवलपरासीमा भव्य रुपमा हनुमान जयन्ती मनाइएको छ ।

हनुमान जयन्तीको अवसरमा नवलपरासीको सदरमुकाम परासी,पाल्हिनन्दनकाे कुस्मा चौक,महेशपुर चौक,हरपुर,आमानीगन्ज,बेलासपुर लगायत ठाउँ परिक्रमा गरि शाेभा यात्रा निकालेका छन् ।

श्री हनुमान जन्मोत्सवको पावन अवसरमा रुद्र अवतार श्री हनुमानजी महाराजको शोभा यात्रा निकालि हिन्दु संगठन महेशपुरले (महाप्रसाद ) विशाल भण्डारा गरेका गरेको थियोे ।

हातहातमा लठ्ठीमा हनुमानको ध्वजा बोकेका भक्तजनले नगर परिक्रमा गरेका थिए । मोटरसाइकल र गाडीमा यात्रा गर्नेले पनि झण्डा बोकेका थिए ।

शोभायात्रामा प्रदेश सभा सदस्य मा.बैजनाथ जैसवाल, पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता ( दीपक ) रामग्राम नगरपालिकाका पूर्व मेयर नरेन्द्र गुप्ता, रामग्राम नगरपालिकाका वाड अध्यक्षहरु र स्थानीयबासीको बाक्लो उपस्थिति रहेको थियो ।

हनुमान जयन्तीको अवसरमा हिन्दु संगठनहरु परासी, महेशपुर मा लड्डु तथा पानी वितरण गरेका हुन ।
हनुमानको पूजा पाठ गर्ने एवं मन्त्र स्त्रोत पाठ गर्ने र यसबाट शुभ फल मिल्ने, शनिग्रहको दोष नलाग्ने जनविश्वास छ ।

हिन्दु आयोजक कमिटीले हुनमान जयन्ती भब्यता पुर्वक मनाएका छन

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित