Rashtriya Dainik

नेपाल रेड्क्रस सोसाइटी त्रिबेणीधाम उपशाखाको दोस्रो अधिबेशन तथा ५ औ साधारणसभा सम्पन्न

अारपि उपाध्याय / नवलपरासी , २२ चैत

नेपाल रेड्क्रस सोसाइटी त्रिबेणीधाम उपशाखाको दोस्रो अधिबेशन तथा ५ औ साधारणसभा नारायणी गण्डकी साधारण तथा संस्कृत मा बि त्रिबेणिको प्राङ्गणमा सम्पन्न भएको छ ।

त्रिबेणी धाम उपशाखा सभापति रन्नता काफ्लेको अध्यक्षतामा आयोजित अधिबेशनमा बोल्दै नवलपुर जिल्ला शाखा सभापति ऋषि कन्डेलले काधमा जिम्मेवारी हृदयमा इमान्दारीका साथ अगाडि बढिएमा रेड्क्रसको लक्ष्य प्राप्त गर्न सकिने बनाउनु भयो । जिल्ला शाखा सभापति कंडेलले आपत बिपतको समयमा रेडक्रसले खेलेको भुमिका बर्तमान समयमा झनै सान्दर्भिक रहेको धारणा राख्दै रेडक्रसकर्मीहरु ब्यक्तिगत लोभ लालचबाट मुक्त भएर “सेवा नै धर्म हो” भन्ने मुल मन्त्रलाई आत्मसात् गर्नु पर्ने जिकिर पनि गर्नु भयो ।

कार्यक्रममा उपशाखा सभापति काफ्लेले अध्यक्षको प्रतिबेदन र उपकोषाध्यक्ष रामकाजी खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। सो अवसरमा बिनयी त्रिबेणी ६ का वार्ड अध्यक्ष नुरेन्द्र शाह, आर पी उपाध्याय , भेषराज खनाल लगायतले रेडक्रसको महत्त्व माथी प्रकाश पार्नु भएको थियो । कार्यक्रममा जिल्ला शाखा कोषाध्यक्ष बेद प्रसाद न्याैपाने जील्ला शाखा सदस्य एव निर्वाचन संयोजक दुर्गा लक्ष्मी काफ्ले लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा संघ संस्था का प्रतिनिधि र साधारण र आजिबन सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम सञ्चालक मोहन घिमिरेले बताउनु भएको छ ।

सम्पन्न अधिवेशनमा उपशाखाका सभापति र एक सदस्यपद बाहेक सबै पद सर्वसम्मत चयन भएको छ। जसको उपाध्यक्षमा सरीता शर्मा भट्टराई, सचिव निरन्जन रेश्मी मगर, उपसचिवमा सन्तोष कुमार रौनियार, कोषाध्यक्षमा रामकाजी खड्का, उपकोषाध्यक्षमा विक्रम थापा क्षेत्री, महिला सदस्यमा लक्ष्मी नेपाल उपाध्याय, सदस्यहरुमा भुपाल रायमाझी, सुमित्रा पाण्डे ढकाल, कमला गुरुङ सर्वसम्मत चयन हुनुभएको छ भने एक जना सदस्य पदको निर्वाचन हुन बाकी रहेको निर्वाचन समितिले बताएको छ।

सर्वसम्मत चयन भएका सदस्य एवं पदाधिकारीहरुलाई निर्वाचन मण्डलकी संयोजक दुर्गा लक्ष्मी पाठकले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो।
कुल २९० मतदाता रहेको त्रिवेणी धाम उपशाखाको सभापति र एक सदस्य पदको निर्वाचन आउदो चैत्र २९ गतेका दिन हुने भएको पनि निर्वाचन समितिले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित