Rashtriya Dainik

तीनवटा कम्युनिष्ट पार्टीले संयुक्त रुपमा जनआन्दोलन दिवस मनाउने

नवलपरासी – नवलपरासी पश्चिममा तीनवटा कम्युनिष्ट पार्टीले संयुक्त रुपमा जनआन्दोलन दिवस मनाउने भएका छन् ।
नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(बहुमत) र नेकपा(मशाल)ले संयुक्त रुपमा जनआन्दोलन दिवस मनाउने भएका हुन् ।
बुधवार बर्दघाट–४ आनन्दनगरमा बसेको संयुक्त बैठकले जनआन्दोलन दिवस चैत्र २४ लाई संयुक्त रुपमा मनाउने निर्णय गरेको क्रान्तिकारी माओवादीका जिल्ला ईञ्चार्ज संकल्पले जानकारी दिनुभयो ।

बैठकमा क्रान्तिकारी माओवादीका जिल्ला ईञ्चार्ज संकल्प, जिल्ला सेक्रेटरी समर, जिल्ला सदस्य न्युक्लियस , नेकपा (बहुमत)बाट जिल्ला सदस्य श्रमिक र नेकपा (मशाल)का जिल्ला सेक्रेटरी मिलन र मशालका बर्दघाट–५ का वडा सेक्रेटरी प्रेम सहभागी हुनुभएको थियो । तीनवटै पार्टीले पार्टी एकता संयोजन समिति गठन गरेर बैचारिक बहस गर्दै आएका छन् । बैचारिक बहसबीच नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा(बहुमत) बीच चैत्र २४ गते पार्टी एकता घोषणा गर्न पत्रकार भेटघाट कार्यक्रम तय गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित