Rashtriya Dainik

थापा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

काठमाडौं । राजधानी न्युज पब्लिकेशन प्रालिकाे प्रमुख कार्यकारी अधिकृतमा डोलेन्द्र थापा नियुक्त भएका छन् । राजधानी न्युज पब्लिकेसन प्रालिले थापालाई मंगलबारदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

पब्लिकेसनकी अध्यक्ष नन्दा शेरचनले थापालाई कार्यकारी अधिकृत पदमा नियुक्त गरेको जानकारी दिइन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा एमबीए गरेका थापा यसअघि हिमालय टाइम्स, सौर्य दैनिक, कमान्डर पोस्ट, आमनेपाली टेलिभिजनमा व्यवस्थापनको जिम्मेवारीमा थिए ।

मंगलबार कार्यालयमा उपस्थित थापाले आन्तरिक रूपमा राजधानी दैनिकका समस्यालाई सम्बोधन गर्दै सञ्चारको गरिमामय इज्जतलाई उच्च बनाउने कार्यमा सघाउने बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित