Rashtriya Dainik

गैरसरकारी संस्था महासंघ पश्चिम नवलपरासीको अध्यक्षमा सपना अधिकारी थापा

बिनोद निगम/नवलपरासी,२१ चैत।

गैरसरकारी सस्था महासंघ पश्चिम नवलपरासीको २४ औं साधारणसभा तथा १० औं अधिबेशन सम्पन्न भएको छ।

आज बर्दघाट नगरपालिका वडा नं ९ भुतहामा सम्पन्न भएको महासंघको २४ औँ साधारणसभा तथा १० औं अधिबेशनबाट सपना अधिकारी थापालाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो।

महासंघका जिल्ला अध्यक्ष बालिन्द्र विक्रम शाहीको अध्यक्षता तथा महासंघका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज गोविन्द पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले सामाजिक कार्यमा निरन्तर लागिरहेको महासंघ पछिल्लो समयमा स्थानिय तह सङ्ग सहकार्यमा कमी भएकाले महासंघको गतिविधि कम देखिएको हुदा अबका दिनमा महासंघले कार्यबिधी बनाएर स्थानिय तह सङ्ग मिलेर काम गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै महासंघका पुर्व पश्चिमाञ्चल उपाध्यक्ष बद्री प्रसाद सुवेदीले समाज रुपान्तरणमा गैर सरकारी सस्थाहरुले खेलेको भुमिका अहम रहेको बताउदै सरोकारवालाले यस सस्थालाई हेर्ने दृष्टीकोण सकारात्मक हुन जरुरी रहेको बताउनुभयो । सुवेदीले स्थानिय तहमा ठूलो बजेट बिनियोजन हुनेहुदा त्यो बजेट शीर्षक अनुसार महासंघ सङ्ग सहकार्य गरेर अगाडी बढे त्यसको प्रतिफल राम्रो हुने धारणा समेत राख्नुभयो।

यही अवसरमा अधिवेशनबाट आगामी ३ बर्षको लागी सपना अधिकारी थापाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो।जसकाे उपाध्यक्षमा विमलचन्द्र घिमिरे,सचिवमा चेत नारायण भण्डारी,सह-सचिवमा रञ्जित शर्मा र कोषाध्यक्ष प्रमोद खरबार रहनुभएको छ भने सदस्यहरुमा राजन सुवेदी,बच्चा राजभर,किशोर गैरे,शालिकराम पोखरेल,विन्दु सिँह,जिज्ञासा चौधरी,आदित्य प्रजापति लगाएत सर्व सम्मत चयन हुनुभएको छ।

महासंघका उपाध्यक्ष राधा ढकालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य रञ्जित शर्माले गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित