राजन कुमार बानिया
पर्सा २१ चैत
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि परिश्रमिकमा अधारित सामुदायिक अायोजना कार्यक्रम पर्साको धोबिनी गाउँपालिकाको वडा नं २ भिखमपुरमा अाज देखि शुरु भएको छ।
धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहानले अाफै कोदालो चलाएर उदघाटन गर्नु भएको थियो।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँपालिका रहेका दलित गरिब महिला पुरुष ,हरुलाई सय दिन रोजगार दिने कार्यक्रम रहेकोले अाफ्नै गाउँ बाट शुरु गरेका छन। कार्यक्रममा धोबिनी गाउँपालिका रोजगार संयोजक मुन्ना पटेल ,दिलिप पटेल, स्थानिय जनप्रतिनिधि ,लगायत मजदुर महिला, पुरुष हरुको सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

