काठमाडौं । धेरै महिलामा पाठेघरमा मासु पलाउने समस्या देखिने गरेको छ । यसरी आफ्नो पाठेघरमा मासु पलाएको थहा पाउन आफूमा यी समस्या छ वा छैन हेरेर थहा पाउन सकिन्छ । यस्ता समस्या देखापरेमा तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ । पाठेघरमा मासु पलाएको यसरी थहा पाउन सकिन्छ :
– महिनावारी हुँदा धेरै रगत जानु, –
-अत्याधिक पेट दुख्नु, –
-महिनावारीको समयमा रगतको डल्ला बाहिर निस्कनु,
– तर, यस्तो समस्या भएका महिलालाई धेरै दिनसम्म रक्तश्राव भइरहन्छ ।
– शरीरमा रगतको कमी भएर एनिमिया हुने, सेतो पानी बग्ने, कमजोरी हुने, थकाई लाग्ने, रिगंटा लाग्ने, उनीहरुलाई जाँच गरेपछि पाठेघरमा मासु पलाएको थाहा हुन्छ । मासु पलाएका कतिपयलाई सन्तान नहुने, गर्भ रहे पनि तुहिने समस्या हुन्छ । पाठेघरमा मासु पलाउँदा उपचार गरिएन भने झन् जटिल समस्या आउने गर्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

