Rashtriya Dainik

दलित पाश्र्व चित्र निर्माणका लागि गणकहरुलाई १ दिने तालिम तथा पूर्व जानकारी कार्यक्रम सम्पन्न

दोरेन्द्र खड्का / बझाङ ,१९ चैत

दलित पाश्र्व चित्र निर्माणका लागि गणकहरुलाई १ दिने तालिम तथा पूर्व जानकारी कार्यक्रम सम्पन्न भएकाे छ ।

जयपृथ्बी नगरपालिका भित्रका दलितहरुको तथ्याङक सँकलन गर्न सुरु गरीएको छ । जयपृथ्बी नगरपालिकाको दलित बिकास समितीद्धारा जयपृथ्बी नगरपालिका भित्रका सम्पुणर् दलितहरुको तथ्याङक सँकलन कार्य सुरु गरीन लागिएको र ११ वटै वडामा गणकहरुलाइ पठाएको दलित बिकास समितीका अध्यक्ष गोबिन्द नेपालिले जानकारी दिनुभयो ।
आज दलित बिकास समितीको आयोजनामा दलित पाश्र्वचित्र निर्माणका लागि गणकहरुलाइ एक दिने प्रशिक्षण तथा पुर्ब जानकारी कार्यक्रममा उक्त जानकारी दिइएको हो । दलितहरुको सहि तथ्याङक नगरपालिकामा नहुदा समस्या भइरहेको बेला तथ्याङक सँकलनले सहि तथ्ङक आउनेमा बिश्वास गरीएको छ ।
जयपृथ्बी नगरपालिकामा रहको दलित बिकास समितीका अध्यक्ष गोबिन्द नेपालिको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी जयपृथ्बी नगरपालिका नगर प्रमुख चेतराज बजाल रहनु भएको थियो । भने बिशिष्ट अतिथी नगर उपप्रमुख रतन बहादुर सिह रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै नगरपालिका नगरप्रमुख चेतराज बजालले उक्त कार्यले नगरपालिका भित्रका दलित हरुको सहि तथ्याङक सँकलन गरी ल्याउदा बास्तबिकता जानकारी हुनुका साथै आगामि दिनमा उनीहरुको जिबनशैलि परिवर्तन गर्न योजना निर्माण गर्न सहज हुने बताउनुभयो ।
यस्तै समितीका अध्यक्ष गोबिन्द नेपालिले नगरपालिका भित्र रहेका दलित हरुको सहि तथ्याङक लगी उनीहरुको बास्तबिकता झल्काउनको लागी उक्त अबधारण ल्याइएको बताउनुभयो । साथै गणकहरु घरघरमा आउने भएकाले सहि तथ्याङक दिएर सहयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा जयपृथ्बी नगरपालिकाका १ देखी ११ वटै वडाका वडा अध्यक्ष ,कार्यपालिका सदस्य, नगरप्रमुखका शाखाप्रमुखहरु , बिभिन्न सँघसँस्थाका प्रतिनिधि लगाएतको उपश्थिती रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित