अारपि उपाध्याय / नवलपरासी , १९ चैत
पश्चिम नवलपरासीको सुस्ता गाउपालिकामा सहमति र वल्र्ड रिलिफको साझेदारीमा विपत उत्थानशिल युवा महिला उधम परियोजना अन्र्तगत जोखिम पुर्वानुमान पुर्व तयारी सम्बन्धि अनर्तकृया कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
सुस्ता गाउपालिका अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहजकर्ता कृषी विज्ञ गणेश ढकालले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा सुस्ता गाउपालिका वडा नम्बर १ का वडाध्यक्ष अशोक चौधरी, वडा नम्बर २ का वडाध्यक्ष कृष्णलाल मुखिया, ३ का वडाध्यक्ष हरिलाल दुषाद, ४ का वडाधयक्ष निल बहादुर गुरुंग, ५ का वडाध्यक्ष प्रभुनाथ यादव लगाएतले विपत जोखिको अवस्था र न्युनिकरण गर्ने उपाय सम्बन्धि आ आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा गण्डक नदी र नहरले पुर्याउदै आएको क्षति नियन्त्रणको उपाय बारे पनि छलफल गरिएको थियो ।

कार्यक्रममा सुस्ता गाउपालिकाका उपाध्यक्ष गिता थरुनी, प्रमुख प्रशासकिय अधिकृत बुध प्रकाश पौडेल लगाएत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

