लुम्बिनी, १९ चैत्र ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी स्थित अन्तर्राष्ट्रिय स्तरको बौद्ध सभाहलमा पानी चुहिएको छ । चैत १७ गते परेकोे वर्षाको पानी सभाहलको छानोबाट चुहिएको हो ।
लुम्बिनी विकास कोषले निर्माण कम्पनी लुम्बिनी अर्घाखाँची बाबुल जे.भि. लाई वर्षाको पानी छानोबाट चुहिएका देखिएको भन्दै तत्काल भरपर्दो मर्मत गरी प्राविधिक रुपमा पानी नचुहिने प्रत्याभूति गराउने गरी मर्मत गर्न निर्देशन दिएको छ ।
साथै लुम्बिनी विकास कोषले मर्मत कार्य सम्पन्न नहुन्जेलसम्म अन्तिम विल भुक्तानी रोक्का गरिने जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

