Rashtriya Dainik

नवलपरासी प्रहरीद्वारा चार लाख बढीको पशु चौपाया नियन्त्रण

संजय कुशवाहा / नवलपरासी १९ चैत

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा न. ५ तरेनी स्थित प्रहरी चौकि रामनगरबाट प्र.स.नि विन्तोष लामिछानेको कमाण्डमा खटि गएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा ४ लाख ८० हजार मुल्य बराबरको ६ वटा भैंसी र ४ वटा पाडा गरी जम्मा १० वटा पशु चौपाया नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलीलाई देखेपछि पशुहरूलाई छाडी मानिस फरार भएकोमा उक्त पशुहरूलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाइ साथै उक्त अवैध भैंसी चोरी निकासी गरि ल्याउने कार्यमा संलग्न मानिसहरूको खोजतलास तथा यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित