Rashtriya Dainik

लहान ७ का अध्यक्ष शर्मा सरकारी समप्ती गैरकानुनी रुपले बेचेको स्थानीयको आरोप

महेश सिंह /सिरहा लहान ,१९ चैत –

सिरहाको लहान नगरपालिका वाडा नम्बर ७ का वाडा अध्यक्ष राम औंतार शर्माले करिब बिगत २५ बर्ष देखी थुपारीएर राखिएको पुरानो कवाडी सम्मान बेचिएको स्थानीयले आरोप लगाएका छन्।

अध्यक्ष शर्माले पुरानो नगरपालिका भित्र रहेको कवाडी सम्मान,सरकारी सम्प्ती गैरकानुनी रूपमा दुरुपयोग गरेको हो।

सरकारी सम्पत्ति बेच्दा कुनै निर्णय र कानुनी प्रक्रिया नअपनियाई आफ्नो ब्यक्ती गत समप्ती जस्तो सरकारी समप्तीलाई गैरकानुनी रूपमा दुरुपयोग गरी करिब १५ लाख ५० हजार बराबरको पुरानो नगरपालिका वाडा नम्बर ७ को वाडा कार्यालय भवन भत्काई नयाँ भवन निर्माण हुने योजना रहेकोमा पुरानो भवनको झ्याल ढोका,ग्रील रेलिङ्ग लगायत बर्षाै देखि रहेको पुरानो मेशनरी पार्टस तथा कवाडी फलामका टुक्राहरु लहान ३ का संचालक मोहम्मद साबिर मियाँले संचालन गरेको नेशनल सप्लायर्समा करिब १५ लाख ५० हजार बराबरको कवाडी सम्मान बेचेको पुर्व वाडा अध्यक्ष राकेश रोशन गुप्ताले आरोप लगाएका छन्।

अध्यक्ष शर्माले लिलामी प्रक्रिया नअपनाई वाडा अध्यक्षको पदिय गरिमा समेतलाई बेवास्ता गरी सरकारी सम्पत्तिलाई दुरुपयोग गरेका छन्।स्थानीय राकेश कुमार गुप्ताले अख्तियारमा सरकारी सम्प्ती गैरकानुनी रूपमा दुरुपयोग गरेको मुद्दा समेत दर्ता गराएका छन्।मिति २०७९चैत १६ गते अख्तियारमा मुद्दा दर्ता गराए हुन।दर्ता नम्बर ३७४४ रहेको बताए। वाडा अध्यक्ष शर्मालाई लिलम्बन गरी कानुन सम्बत कार्बाही प्रक्रिया अगाडि बढाउन पत्रकार समेलन गरी प्रेस बिज्ञप्ती सार्बजनिक गरेका छन्।

लहान नगरपालिकाको जिन्सी शखाको समेत जानकारी नगराई कवाडी सम्मान बिक्री गरेको आरोप रहेका छन्।
वाडा अध्यक्ष शर्माका अनुसार दुई ट्रयाकटर कवाडी १ लाख ७० हजार बराबरको कवाडी बेचिएको बताए। बेचेको २ दिन पछाडी हामीले लहान नगरपालिकाको बैंक खातामा दाखिला गरेको बताए। झन आफुले लहान नगरपालिकालाई आम्दानी गराई दिएको अध्यक्ष शर्माले बताए।काम लाग्ने सम्मान आफुले नगरपालिका पठाएको अध्यक्षले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित