Rashtriya Dainik

नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीमा नयाँ नेतृत्व

नवलपरासी – नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीको प्रथम जिल्ला भेला बर्दघाटमा शनिवार सम्पन्न भएको छ ।
भेलाले पार्टीका प्रदेश सदस्य समेत रहनुभएका समरको नेतृत्वमा २१ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ । जिल्ला समितिको सेक्रेटरीमा समर, जिल्ला सदस्यहरुमा बिबेक, क्रान्ति, .न्युक्लियस, बसन्त,अनिल, सरोज, राधा, कमल, श्याम, प्रशान्त, गोबिन्द, ,ओमप्रकाश , साका, संर्घष, नीता , विप्लव र निर्मल हुनुहुन्छ ।
भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्जसंकल्पले जिल्लामा पार्टीका गतिबिधिहरु तीब्र बन्दै गएको नयाँ आशाको संचार भएको उल्लेख गर्नुभएको थियो ।


उहाँले क्रान्तिकारी धुब्रीकरणको परिस्थिति बन्दै गइरहेको समेत चर्चा गर्नुभयो ।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला संयोजक चुडामणी भण्डारी, अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय महासचिव दुर्गा नारायण थारु, शहिद परिवारको तर्फबाट उर्मिला क्षेत्रीलगायतले शुभकामना दिनुभयो । कार्यक्रममा क्रान्तिको स्वागत र न्युक्लियसको संचालन रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित