Rashtriya Dainik

सरावलमा निशुल्क महिला स्वास्थ्य जाँच शिविर सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी , १८ चैत

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ बालपुरी प्रा.बि पिपरामा निशुल्क महिला स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ।

सरावल गाउँपालिकाकाे अायाेजनामा महिलाको पाठेघर सम्बन्धी समस्याको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले जानकारी दिनुभएको हाे।

अध्यक्ष चाैधरीले शिविर अनुगमन गर्दै मानव स्वास्थ्यमा पालिका सम्बेदनशिल रहेको बताउदै स्वास्थ महिला भए घर नै स्वास्थ हुने बताउनुभयो ।

शिविरमा स्त्रीरोग विशेषज्ञ डाक्टर प्रिति खरेल र डा.अनिस गुप्ता सहितको स्वास्थ्यकर्मीको टोलिले जाँच गरेका थिए। स्वास्थ्य शिविरमा महिलाहरुमा पाठेघर खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्या देखिएको, सेतो पानी बग्ने , पिसाब पाेल्ने लगायतको समस्या भेटिएको सरावल स्वास्थ्यशाखा प्रमुख अाेम नरायण देवकोटाले जानकारी दिनुभएको हाे।

कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउने, सुत्केरी अवस्थामा आरामको कमी, असुरक्षित याैन सम्पर्क , सरसफाइकाे कमि ,बढी तौलको भारी बोक्ने र महिलाहरुमा प्रजनन् स्वास्थ्य प्रति चेतनाको कमीका कारण पाठेघरमा संक्रमण भएर क्यान्सर हुने जोखिम हुने गरेको स्वास्थ्यशाखा प्रमुख देवकोटाले जानकारी दिनुभएको हाे। महिला रोग सम्बन्धि शिविरमा निशुल्क औषधी समेत बितरण गरिएको थियो ।


शिविरमा १८६ जना महिलाहरुलाई जाँच गरिएको थियो। भिआइए १४८ जना त्यसमध्ये ३ जनाकाे पाेजेटिभ देखिएकोले थप उपचारका लागि बुटवल पठाइएको स्वास्थ्यशाखा प्रमुख देवकोटाले जानकारी दिनुभएको हाे।

शिविरमा आएका विरामीहरु निशुल्क चेकजाँच र अाैषधि उपचार गर्न पाएकोमा पालिकालाई धन्यवाद दिदै खुशी व्यक्त गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित