Rashtriya Dainik

बसको ठक्कर बाट ३ बर्षिया वालककाे मृत्यु

उत्तमकुमार थापा/ बझाङ ,१८ चैत

बसको ठक्कर बाट ३ बर्षिया बालकको मृत्युु भएको छ । जिल्लाकाेसुर्मा गाउँपालीका वडा नम्बर ३ घर भएका बर्ष ३ का सर्गम बाेहरालाई बसले ठक्कर दिदा मृत्युु भएको मृत्युुका बुवन धनबहादुर बाेहराले बताए ।

करिव दिउसो २ बजेको समयमा नयाँ बसपार्क देखि महेन्द्रनगर तिर गईरहेकाे पवनदुत बसले बच्चालाई किच्दा मृत्यु भएको हाे । बस नम्बर सु. प.प्र ०२००१ ख १११९ नम्बरकाे बसले बच्चालाई किच्दा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी जागेश्वर भण्डारीले बताए ।

चैनपुरमा रहेको पक्किपुल नजिकैको बजारमा घटना भएको हाे । घटना पछि बच्चालाई जिल्ला अस्पतालकाे लाशघरमा राखिएको छ । अहिले आफन्तले बसलाई घेरेका छन भने सुरक्षा निकाय प्रहरी प्रमुख डिएसपी भण्डारी इन्सपेन्टर सहितकाे टाेली र सशस्त्र प्रहरी बल नेपाल तैनाथ अवस्थामा छ । घटनाको अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । ड्राइभर प्रहरीकाे नियन्त्रणमा रहेका छन ।लट

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित