Rashtriya Dainik

नरदेवी बचत तथा ऋण सहकारी संस्थाकाे ८ औँ बार्षिक साधारण सभा सम्पन्न

अारपि उपाध्याय /नवलपरासी ,१८ चैत

नरदेवी बचत तथा ऋण सहकारी सस्था लिमिटेड सस्ता ३ मर्चहवा पश्मिच नवलपरासीको ८ औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

सस्थाका अध्यक्ष राम किसुन भेडीहारको अध्यक्षता तथा सुस्ता ३ का वडाध्यक्ष हरिलाल दुषादको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि दुषादले असल भावनाबाट लक्ष्ति सहकारी सस्थाको नतिजा पनि सन्तोषजनक आउने बताउदै सहकारी सस्थाले साधारण सदस्यको हितलाई ध्यानमा राखी सहकारी क्रियाकलाप अगाडी बढाउनुपर्ने धारणा राख्नुभयो ।

प्रमुख अतिथि दुषादले सहकारीको नाममा गैर सहकारी क्रियाकलापलाई कसैले पनि प्रोत्साहन दिन नहुने जिकिर गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष भेडिहारले अध्यक्षको प्रतिबेदन, सस्थाका सहायक ब्यवस्थापक महेन्द्र भेडिहारले लेखा प्रतिबेदन प्रस्तुत गर्दै सस्थाले कुल ७५ लाख ७६ हजारको कारोबार गरेको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा नारायणी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष ढेकेश्वर लाठौट, सस्थाका पुर्व अध्यक्ष पप्पु भेडिहार, सस्थाका सञ्चालक समिति सदस्य अलिराजा मिया लगाएतले सहकारीको गतिविधि माथि प्रकाश पार्नुभएको थियो ।

२०७२ सालमा स्थापना भएको यस सहकारीमा पछिल्लो केही समय यता गैर सहकारी क्रियाकलापहरु मौलाएको कार्यक्रमका सहभागिले गुनासो गरेका थिए। साधारणसभामा संस्थाका व्यवस्थापक दिपक केवटको नाममा १२ लाख ३४ हजार बेरुजु भएको जानकारी गराइएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित