Rashtriya Dainik

बुद्ध जयन्तीको अवसरमा लुम्बिनी जाऊँ टिकटक प्रतियोगिता हुदै

लुम्बिनी , १८ चैत ।

बुद्ध जयन्तीको अवसरमा लुम्बिनी जाऊँ टिकटक प्रतियोगिता हुने भएको छ । लुम्बिनी विकास कोषको बोर्ड बैठकले लुम्बिनीको थप प्रचार र पर्यटकीय प्रवद्र्धनका लागि टिकटक प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

प्रतियोगितामा विजयीलाई पुरस्कारको निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गर्नेछ । पुरस्कारको कार्यविधि र मापदण्ड बनाउन पनि मन्त्रालयलाई जिम्मा दिइएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धचरण) ले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीको अध्यक्षतामा बसेको बैठकले आगामी बुद्ध जयन्तीको अवसरमा बुद्ध संस्कृति अलम्बन गर्ने सबैलाई फ्री भिसा प्रदान गर्न नेपाल सरकार संग पहल गर्ने निर्णय समेत गरेको छ ।

“बुद्ध जयन्ती मनाउन आउनको लागि बुद्ध संस्कृति भएका राष्ट्रहरूलाई फ्रि भिसाको लागि पहल गरेका हौं”–कोषका कोषाध्यक्ष भट्टराईले भने, “कुन कुन मुलुक भन्ने कुरा पर्यटन मन्त्रालयले फाइनल गरेर परराष्ट्र मन्त्रालयमा पत्राचार गर्छ ।”

यस्तै हालैको वर्षाले लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहल केही ठाउँबाट चुहिएकाले सम्बन्धित निर्माण कम्पनीलाई मर्मत गराउने निर्णय पनि भएको छ ।

सम्बन्धित निर्माण कम्पनीले नियम अनुसार तत्काल मर्मत संभार गराउने अन्यथा कारवाही गरिने निर्णय भएको कोषले जनाएको छ । कोषको बैठकले उपाध्यक्ष भिक्षु मैत्तेयको नेतृत्वमा लुम्बिनी सरसफाई अभियान संचालन गर्ने निर्णय समेत गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित