Rashtriya Dainik

सरावल ४ मंगलापुरमा सामुदायिक स्वास्थ्य इकाईबाट अाधारभुत स्वास्थ्य केन्द्र बन्दै

राष्ट्रिय दैनिक / नवलपरासी , १८ चैत

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ ललितपुरमा सत्र महिनाको अन्तरालमा एउटा स्वास्थचाैकी दुई पटक शीलान्यास भएको छ ।

सत्र महिनाअघि निवर्तमान अध्यक्ष छाेटेलाल यादवकाे अध्यक्षता तथा निवर्तमान सांसद देवेन्द्रराज कण्डेलकाे प्रमुख अातिथ्यतामा भएको शिलान्यास शुक्रबार सरावल ४ वडा अध्यक्ष सुरेश यादवकाे अामान्त्रणमा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले स्वास्थचाैकी फेरि शीलान्यास गरेका हुन् ।

२०७८ साल कार्तिक ८ गते नै स्वास्थचाैकीकाे लागि बजेट विनियोजन भई शिलान्यास भएको तर बन्न नसकेको स्वास्थ्यचौकी नवनिर्वाचित वडा नम्बर ४ वडा अध्यक्ष सुरेश यादवकाे अामान्त्रणमा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले पुनह शीलान्यास गर्नुभएको हो ।

२०७८ सालमा नै १० लाखकाे सार्वजनिक शाैचालय र २० लाखकाे माटाे पुर्ने काम तथा पर्खालकाे काम समेत भइसकेको आयोजना दोहो¥याएर शिलान्यास गरिनु अराजकताको पराकाष्ठा र सत्ताको चरम दुरूपयोग भएको पुर्व वडा अध्यक्ष छाेटेलाल यादवले दाबी गरे ।

त्यस्तै गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे अनुसार पहिला शिलान्यास भए पनि काम सुरु नहुन सकेकोले हाल जनतासामु छिटो छरितो द्रुतगतिमा सेवा प्रवाह हेतु पालिका र संघीय गरि ९८ लाख १६ हजारकाे लगानीमा बन्नेगरी कामकाे थालनी गरेको बताउनुभयो । कामलाई अगाडि बढाउन बिना लगानी तामझाम नगरीकन भुमि पुजन गरिएको मात्र हाे , यस विषयमा राजनीतिकिकरण नगर्न अनुरोध गर्नुभएको हाे। पहिला सामुदायिक स्वास्थ्य इकाई रहेको र हाल अाधारभुत स्वास्थ्य केन्द्र बन्न लागेकाेले यसको संरचना र नक्सा नै फरक भएकाे बताउनुभयो । जनताकाे स्वास्थ्य जस्तो सम्बेदनशिल विषयमा हामी सबै साेच्न जरुरी रहेकाे बताउदै स्वास्थचाैकीकाे कामलाई सबै हातेमालो गरि कामलाई प्रभावकारी बनाउन सबैजना सहयोग गर्न अाग्रह गर्नुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित